RUMPUM
animated ellipse animated ellipse

महिला सांसदलाई क्षमताअभिवृद्धि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७६, बिहीबार १९:११
3
Shares

विराटनगर / प्रदेश नम्बर १ का महिला सांसदहरुलाई कसरी संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने र विधेयकहरुका बारेमा छलफल गर्ने उदेश्यका साथ आज विराटनगरमा कार्यशाला सम्पन्न भएको छ ।

आत्मनिर्भरता अभियानको आयोजनामा भएको कार्यक्रममा १५ जना सांसदहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाका सदस्य एवं मोरङका पूर्व जिल्ला विकास समितिका सभापति खड्गबहादुर बस्नेतले विधेयकका सैदान्तिक छलफल, संसोधन प्रस्ताव र समितिको प्रतिवेदनमा कसरी प्रस्तुत हुने र कसरी अघि बढ्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको जानकारी दिए ।
कार्यशालाको समापन कार्यक्रममा बोल्दै सांसद जसमाया गजमेरले महिला सांसदहरुको क्षमता अभिवृद्धि र ज्ञान बढाउने हिसाबले कार्यक्रम प्रभावकारी भएको बताउदै विज्ञहरुसँगको छलफल निरन्तर रुपमा हुन सके उपलब्धि हुने बताइन् । सांसद नवोदिता चौधरीले संसदीय अभ्यासमा धेरै कुराहरु अभ्यासबाट पनि बुझिने सैदान्तिक पक्षहरुको ज्ञान भने विज्ञहरुबाट थाह हुने भएकाले संसदको प्रभावकारीता बढाउन कार्यशालाहरु हुन जरुरी रहेको बताएस् ।

सांसद सुनीता चौधरीले महिलाहरुको क्षमताअभिवृद्धि र उनीहरुलाई निरन्तर ज्ञान दिनका लागि विज्ञहरुको टोली गठन गरि तिनीहरुसँग निरन्तर छलफल गर्ने वातावरण बनाउँनमा सबैको भुमिका हुनु पर्नेमा जोड दिइन् । त्यस्तै सांसद कृष्ण राई र सावित्री श्रेष्ठले कार्यक्रम फलदायी भएको बताउँदै संसदमा जनताको कुरा कसरी राख्ने र त्यो कुरा जनतासम्म पु¥याउने पनि चुनौति रहेको बताइन् । कार्यक्रमको सहजिकरण विज्ञ कोषराज न्यौपाने, चुडामणी आचार्यलगायतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर