AArya
RUMPUM
animated ellipse animated ellipse

डा.केसीको सत्याग्रह स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७६, मंगलवार २०:१७
3
Shares
फाइल तस्वीर
डडेलधुरा / डा. गोविन्द केसीले जारी राखेको १७ औं सत्याग्रह नौ दिनमा स्थगित गरेका छन् ।

डडेलधुरामा सत्याग्रहमा रहेका डा. केसीले भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गरेको बताउँदै सत्याग्रह स्थगितको घोषणा गरेका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ। यो समाचारले अरु नेपाली जस्तै म पनि स्तब्ध छु,ु उनले विज्ञप्तिमा भनेका छन्, राष्ट्रियता जस्तो संवेदनशील विषयमा जनस्तरबाट देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई मनन् गर्दै हाल जारी सत्याग्रह स्थगन गर्ने निर्णय गरेका छौं ।

डा. केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनशन स्थगित गरेका हुन्।

सातबुँदे माग राख्दै डा. केसीले कात्तिक १७ गते डडेल्धुरामा अनशन सुरु गरेका थिए । १७ औं पटक अनशन बसेका डा.केसीको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

स्वास्थ्य अवस्था विग्रिपछि उनलाई लिन सोमबार नेपाली सेनाको हेलिकप्टर पुगेको थियो । तर केसीले आउन मानेका थिएनन् ।

‘‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर