AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालले एक सय शैय्याको बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७६, आईतवार १६:५६
3
Shares
विराटनगर / नर्सिङ्ग सेवा स्वास्थ्यको मेरुदण्ड भएकोले गुणस्तरीय हुनु आवश्यक रहेको आज विराटनगरमा आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् ।

नवजात शिशु र आमा मृत्यु दर घटाउन र साधारण प्रसुतिको दर वृद्विकालागि नर्सिङ्ग सेवालाई मिडफाइफ्र सम्वन्धि विशेष तालीम दिनु पर्ने आजको आवश्यक्ता रहेको उनीहरुको जोड थियो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महासंघ काठमाडौद्वारा आज आयोजित प्रदेश स्तरीय नर्सिङ्ग मिडवाफफ्री सेवा सम्वन्धी नीति तथा सम्वाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।
प्रादेशिक अस्पताल(कोशी) विराटनगरका मेडिकल सुपरिटेण्डेण्ट डा. गुणराज लोहनीले केही समय भित्र एक सय शैय्याको बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने जानकारी दिदै दुई वर्ष भित्र अस्पतालले राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फुर अन्सारीले यसक्षेत्रका महिलालाई गर्भवती भएदेखिनै पोशणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको बताए ।

स्वास्थ्य कार्यालयका धनकुटाका निर्देशक चन्द्रदेव मेहता,प्रदेश स्वास्थ्य सेवा प्रमुख सुरेश मेहता,अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे,कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडफाइफ्रमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे ।
कार्यक्रमवाट प्राप्त सुझाव नर्सिङ्ग मिडवाइफफ्री सेवा सम्वन्धी रणनीति तयार गर्ने सहयोग पुग्ने उद्देश्यले सात प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपालमा मिडवाइफ्र सम्वन्धी स्नाकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आइरहेको छ ।

हाल नेपालमा ८९ हजार ८४५ नर्सिङ्ग अनमि दर्ता रहेका छन् । नेपालमा १८९ शिक्षण संस्थावाट प्रतिवर्ष चार हजार सात सय नर्सिङ्ग र एक हजार अनमि उत्पादन भइरहेको सोहीअवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर