AArya
RUMPUM
animated ellipse animated ellipse

साढे ४ लाखको पटेका नष्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७६, सोमबार २०:१९
3
Shares
विराटनगर / मोरङ प्रहरीले बरामद गरेको ४ लाख ५३ हजार ५० रुपैयाँको पटेका नष्ट गरिएको छ ।

आज प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसर भित्र पानीमा पटेका फालेर नष्ट गरेको हो ।

प्रहरीले संचारकर्मीको उपस्थीतिमा चाडपर्वको समयमा चोरी तस्करी भइ बरामद गरेको पटेको नष्ट गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले मोरङ जिल्लाभरीबाट बरामद गरेको पटेका एकै ठाउँमा भेला गरि नष्ट गरिएकोबताएका छन् । बरामद गरेको पटेका सबैभन्दा बढी इलाका प्रहरी कार्यालय रङ्गेली मातहतबाट खटिएको प्रहरी टोलीले बढी बरामद भएको बुझिाएको छ । प्रहरीले सबैभन्दा बढी दीपावलीको नजिक बढी पटेका बरामद गरेको थियो । प्रहरीले सबैभन्दा बढी धनपालथान गापाको ठनठनियामा भारतबाट अबैध रुपमा नेपालतर्फ पदैल यात्रीले झोलामा राखी ल्याउदै गरेको २ लाख २० हजार मुल्य बराबरको अवैध पटेका बरामद गरेको थियो ।

रङ्गेली नगरपालिका–४ बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै भारत बाट अबैध रुपमा नेपाल ल्याउँदै गरेकोे ४ बोरा ५२ बण्डल नागिन पटका प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले नष्ट गरेको सबैभन्दा बढी खोरसानी बम, हुमन बम, झिरझिरे, सिलभर क्र्याकलिङ सट, रकेट बम, कमान्डो बम, नागिन क्र्याकरलगायतका थिए ।

यो पटक भने दसैंअघि नै पक्राउ पर्न थालेका घटनाले सुरक्षा निकायलाई चकित बनाएको थियो । ठूलो आवाजसाथ विस्फोट हुने पटकाकाले मानव स्वास्थमा हानी पुर्‍याउने, गाउँ–समाजमा आतंक सिर्जना गर्ने, आपराधिक गतिविधिमा प्रयोग हुने र धनजनमा क्षति पुग्ने भएकाले नेपालमा पटका आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर