AArya
RUMPUM
animated ellipse animated ellipse

डा केसीले सुरु गरे देउवाको गृहजिल्लामा १७ औं अनशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७६, सोमबार १९:५६
3
Shares

डडेलधुरा / चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अनशन सुरु गरेका छन् ।

डा. केसीले आज साँझ ५ बजेदेखि १७ औं सत्याग्रह सुरु गरेका छन् । सदरमुकामको तुफानडाँडामा अनशन सुरु गरेका डा. केसीले सात बुँदे माग अघि सारेका छन् ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि बेला बेलामा गरिएको अनसनका क्रममा भएका सम्झौताहरु राज्यले बारम्बार उल्लंघन गरेकाले आफू सत्याग्रह गर्न बाध्य भएका डा. केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्रीलगायत सत्तारुढ दलका नेताहरुसँगको लेनदेन र सम्बन्धकै कारण चिकित्सा क्षेत्रमा आर्थिक अपराध गर्नेहरु अहिलेसम्म कानुनको दायरामा नआएको पनि डाक्टर केसीले आरोप लगाए । डाक्टर केसीले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नु पर्ने माग गरेका छन् । यस्तै विश्वविद्यालयमा समेत सुधार गर्नु पर्ने उनको माग छ ।

अनशन बस्नुअघि डा. केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए। सरकारलाई सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

यसभन्दा पहिला पनि डडेल्धुरा आएका बेला डा. केसीले पूर्वप्रधानमन्त्री देउवाको गृह जिल्लामा अस्पतालको अवस्था देखेपछि चिन्ता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर