AArya
RUMPUM
animated ellipse animated ellipse

रोशनी शाहीको घरमा नगएको महराको दाबी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७६, शुक्रबार १९:२१
3
Shares
फाइल तस्वीर
काठमाण्डौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज सकिएको छ ।

बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए । उनले भने, ‘आज बयान सकिएन । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’

जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो । बयानमा महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् ।

जिल्ला अदालत काठमाण्डौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी रोशनी शाहीको घरमा नै नगएको जिकिर गरे । जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि शाहीको घरमा भने नपसेको बताएका छन् । उनले ती महिलाको कोठामा नछिरेपछि बलत्कार प्रयास गरेको कुरै नआउने अडान राखेका छन् । महराले बयानका क्रममा आफूले हार्ड ड्रिङ्क्स नगर्ने पनि जिकिर गरेका छन् ।

प्रहरीले यसअघि नै अनुसन्धानका क्रममा महरा पीडित भनिएकी महिलाको कोठामा करिब डेढ घण्टासम्म बसेको जनाइसकेको छ । महरा तीनकुने क्षेत्रमा साँझ गएर करिब डेढ घण्टापछि बालुवाटार फर्किएको पुष्टि प्रहरीले अनुसन्धानबाट गरिसकेको छ । तर महराविरुद्ध आरोप लगाएकी महिलाले पछि कुरा फेरेर महराले आफूलाई केही नगरेको जिकिर गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा निवेदन नै दिएर उनले महरा आफ्नो कोठामा आउँदै नआएकाले बलत्कार प्रयास हुने कुरै नभएको पनि दाबी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर