पूर्वाञ्चल खबर
विराटानगर / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघिय सरकारले देशभरका सवै स्थानिय तहमा भ्रष्टाचारमा लिप्त भएका जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउन लागेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले देशभरका स्थानीय तहका ३० हजार भ्रष्टाचार सम्बन्धी मुद्धाका फायल अख्तियारमा रहेको बताउँदै दोषीउपर कानुन सम्मत तरिकाले कारवाही हुने दावी गरे ।
‘देशभरका स्थानीय तहहरुका ३० हजार मुद्धा अख्तियारमा छन् । कानुनी शासनको सुरुवात कम्युनिष्ट नेतृत्वको सरकारले गरेको छ । मेयर, उपमेयर, वडाध्यक्ष, कर्मचारी कोही उम्कन पाउने छैन ।’ उनले भने,‘सरकारले भ्रष्टाचारका दोषीहरुलाई कारवाही गेरेरै छाड्छ । यसमा तपाईहरुले चिन्ता लिनुपर्दैन । अहिले अख्तियारका दराज, कोठाहरु भ्रष्टाचारका फायलले भरिएका छन् । हलनै बनाएर फाइल राखेरै भएपनि कारवाहीबाट कोही छुट्दैनन् ।’
मन्त्री पण्डितले उपभोक्ता समितिहरुमा समेत विकृति देखिएकाले उपभोक्ता समितिहरुलाई समेत कारवाहीको दायरामा ल्याइ छाड्ने बताए । उनले देश अहिले विकासको तिब्र गतिमा अघि बढ्दै गएको बताउँदै साढे ४ हजार किलोमिटर सडक, चिनियाँ रेल काठमाडौं हुँदै लुम्विनिसम्म, जोगवनी किमा थान्का सडक निर्माणको कार्य अघि बढेको जानकारी दिए । उनले भने,‘दुलोमा लुकेर भुक्नेहरु भुकि रहन्छन् । यही सरकारले मुलुकलाई विकासको गतिमा अघि बढाउँदै लान्छ ।’ उनले भने,‘यतिबेला हाम्रो विकासको दर चिन र भारत भन्दा बढी छ ।’
मन्त्री पण्डितले सरकारले तराई मधेशको विकासलाई जहिल्यै उपेक्षा गरेको वारम्बार गुनासो आएपछी आफ्नै पहलमा तराई मधेशको विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु भएको जानकारी दिँदै सो कार्यक्रम मार्फत तराई मधेशका २१ जिल्लामा विपन्न तथा सुकुम्वासीका लागि आवास, कल्भर्ट, सामुदायीक भवन, बर्थिङ सेन्टर, सडक, पुल निर्माणलगायतका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले आफ्नो पार्टी नेतृत्वको सरकारको प्रमुख एजेण्डा शान्ति शुसासन कायम गराउने रहेको बताउँदै जतिसुकै ठुला अपराधी भएपनी कानुनी कढगरामा उभ्याएर छाड्ने बताए । उनले भने,‘नेपालको इतिहासमा अहिले सम्म राजनितिक आडमा ठुलै अपराधीहरु पनि बभ्दै आएका थिए । आफ्नै पार्टीका नेता किन नहुन् । गलत काममा कारवाही गरेरै छाड्छ, विधिको शासन स्थापित गरेरै छाड्छ, यसको सुरुवात भइसकेको छ ।’
सो अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले सो निर्वाचन क्षेत्र अन्तर्गत रतुवामाई र सुनवर्षी नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले जितेपछी अन्य पार्टी र समर्थकलाई बाइपास गरेर हिड्न खाजेको अरोप लगाए । उनले भने,‘यो निर्वाचन क्षेत्रमा २ स्थानीय तहको नेतृत्व कांग्रेसले जितेको छ । अरु कुरामा हामीलाई सोध्नु परेन ? भन्न परेन ? जब जवाफदेहीताको कुरा आउँछ अनि मात्र देख्ने ?’
अध्यक्ष पोखरेलले ति स्थानीय तहका मेयरहरु साझा बन्न नसकेको बताउँदै स्थानीय विकास निर्माणमा विभेद गर्ने गरेको आरोप लगाए । उनले भने,‘हाम्रो ठाउँको विकास साझा ढंगले गर्नुपर्छ ।
कार्यक्रममा प्रदेश कमिटी सत्यनारायण चौधरी, नेकपा मोरङका सचिव गणेश उप्रेती ‘शुशिल’ जिल्ला कमिटी, स्थानीय कमिटीहरु, विभिन्न दलका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिीती रहेको थियो ।