RUMPUM
animated ellipse animated ellipse

घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७६, सोमबार १७:२५
3
Shares

पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका ५ कोठेबारीमा आगलागी हुँदा जलेर बालकको मृत्यु भएको छ ।

आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर गिरीका ४ बर्षीय छोरा युसन गिरीको मृत्यु भएको हो ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घरभित्र सुतिरहेका गिरीको छोरा युसनको आगोमा जलेर घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट गिरीको एक तले घरसहित ३र ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद ९५ हजारसहित घर भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी कुशेचौरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी दिपावली गर्ने क्रममा भएका आगलागी
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका २ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदीलगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर