खबर पूर्वाञ्चल

आज विराटनगरमा उद्योग संगठन मोरङले आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्राडा तुम्बाहाङले सामाजिक सद्भाव र एकता विना असल समाजको परिकल्पना गर्न सकिने भएकोले चाडपर्वले यस्ता विषयमा बल पु¥याउँने बताए । हामी नेपालीले मनाउने पर्व विश्व समुदायका लागि प्रेरणा बनोस् भन्ने सन्देश दिँदै प्रदेश प्रमुख प्राडा तुम्बाहाङले चाडपर्वले सबै नेपालीमा खुशी आओस् शुभकामना समेत दिए ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले चाडपर्वले एकअर्कामा सहिष्णुता, आदर र सद्भाव बढाइरहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सकारात्मक सोच र विचारबाट नै मुलुकमा समृद्धि प्राप्त हुने कुरामा जोड दिए ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले चाडपर्वको अवसरमा आयोजित यो कार्यक्रमले आपसी एकता र मित्रता बढ्ने बताए । सोही अवसरमा सास्कृती कार्यक्रमको आयोजना गरिएको थियो ।