पूर्वाञ्चल खबर
विराटनगर / न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथिबाट १४ दिने एक नवजात शिशुको ज्यान जोगाउन सफल भएको छ । शिशु जन्मिनु पूर्व आमामा वा जन्म भए पछिको समयमा शिशुले प्रयाप्त मात्रामा अक्सिजन प्राप्त नगरेको खण्डमा हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथि हुने गरेको छ ।
यस अवस्थामा तत्कालै उपचार नगराएमा शिशुको ज्यान समेत जान सक्छ । सिरहा जिल्ला स्थित वडे पटि गाँउपालिका वडा नं ५ का रामजिवन यादबको श्रीमती रंजना यादबले सिरहाको लहान स्थित एक हस्पिटलमा गत महिना शिशु (बालक)लाई जन्म दिएकी थिइन् । तर शिशु जन्म पश्चात नरुएपछि शिशुको अवस्था चिन्ताजनक रहेको थियो । बुवा राम जिवनले लहानको एक अस्पतालमा २८ घण्टा एनआइसियोमा राखे पनि कुनै सुधार नआएको देखे पछि विराटनगर स्थित अर्को एक अस्पतालमा रेफर गरिएको राम जिवनले बताए ।
उनले विराटनगर स्थित सो टिचिङ अस्पतालमा १४ दिनसम्म एन आइसियोमा राखेको बताए । उनले हस्पिटललाई झण्डै दुई लाख रुपैया तिरेको र सोहि ठाँउका फार्मेसिलाई ८९ हजार रुपैँया बुझाइसकेको बताए । १४ दिनसम्म उपचारको अर्थात शिशुको प्रगति सोध्दा ठिक हुदै गएको बताए पनि १४ औं दिनमा हस्पिटलका चिकित्सकले शिशुको उपचार नेपालमा मात्र नभएर अमेरीकामा पनि सम्भव नहुने बताए पछि बुवा यादब निराश हुँदै बालकलाई अर्को हस्पिटलमा उपचार गराउने भन्दै न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल पु¥याएका थिए ।
मदर एण्ड चाइल्डका वरिष्ठ बालरोग विशेषज्ञ सुरेशप्रसाद साहको चिकित्सकिय टोलीले , बालकलाई नयाँ जिव दिएको बुवा यादबले बताए । आमाको दुध नखाने , आँखा पनि नखोल्ने शिशु अहिले आएर आमाको दुध पनि खाने , आँखा , हात र खुट्टा पनि चलाउन थालेको भन्दै मदर एण्ड चाइल्ड शाखाले बचाउन सफल भएको छ । शिशुको जन्म हुने वितिकै शिशुले रुनु पर्ने हुन्छ तर राम जिवन यादवको शिशुले नरुएपछि आमाको गर्भ भित्र नै वा प्रशुति हुने समयमा कुनै खराबी भएको हुदाँ हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथि भएको हस्पिटका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साहले बताए ।
शिशुको शरिरका अंगहरुमा बिभिन्न ठाँउमा आवश्यक भन्दा धेरै दिनसम्म केन्यूलाइजेसन गरेकाले हातहरुमा पिप समेत जमेको तथा शिशुको अवस्था निकै चिन्ताजनक अवस्थामा ल्याए संगै यस हस्पिटलमा भर्ना भए पछि द्रुत गतिको साथमा उपचार सुरु गरेको बताए ।
पछिल्लो समय न्यूरोको विश्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले गुणस्तरिय तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएकाले हस्पिटलमा सेवाग्राहीहरुको भिड देखिएको छ ।