CLASSICTECH NET

विनोद भण्डारीको प्रेरणादायी अर्धसतकले हङकङमाथि नेपालको जित

खबर पूर्वाञ्चल, १९ आश्विन २०७६, आईतवार १९:३३

विराटनगर / विनोद भण्डारीको प्रेरणादायी अर्धसतकले ओमानमा भएको पाँच देशको टी–२० क्रिकेट श्रृंखलामा नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको छ ।

आज भएको खेलमा हङकङले दिएको १ सय २६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर खेल्दै ६ विकेट गुमाई जित हात पारेको हो । ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन अविजित गर्दै नेपाललाई जीत दिलाएका थिए ।

भण्डारीबाहेक आरिफ शेखले २१ रन, सोमपाल कामीले १३ रन र पवन सर्राफले १० रन बनाउनुका अलवा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान २–२ विकेट लिएका थिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको हङकङले पुरै २० ओभर देल्दै १ सय २५ रनको सामान्य योगफल बनाएको थियो । हङकङलाई कम स्कोरमा रोक्नमा नेपालका करन केसीले महत्त्वपूर्ण ४ विकेट लिएका थिए । उनले एकै ओभरमा ३ विकेट लिएका थिए । सुरुमै धर्मराएको हङकङको इनिङलाई वकास वर्कत र किन्छित साहले सम्हालेका थिए । वकासले ३७ रन र किन्छितले ३१ रन प्रहार गरेका थिए । केसी बाहेक अविनाश बोहराले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५