AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आर्या न्युरो हस्पिटलमा १८ वर्षीय युवकको ब्रेन ट्युमरको सफल शल्यक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ श्रावण २०८३, मंगलवार १९:३२
99
Shares
विराटनगर / विराटनगरस्थित आर्या न्युरो हस्पिटलले जटिल प्रकृतिको ब्रेन ट्युमरको सफल शल्यक्रिया गर्दै अर्को उल्लेखनीय चिकित्सकीय सफलता हासिल गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी १८ वर्षीय मोहम्मद अफरोज मियाँको मस्तिष्कमा रहेको जटिल ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका अनुसार मियाँको मस्तिष्कको पछिल्लो भाग (पोस्टेरियर फोसा) मा ट्युमर देखिएको थियो, जसको शल्यक्रिया अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको र उनी पूर्ण रूपमा निको भएर सोमबार घर फर्किएका छन् ।

गत असार २१ गते अस्पताल भर्ना भएका मियाँको आवश्यक परीक्षण र विशेषज्ञ चिकित्सकहरूको विशेष निगरानीमा शल्यक्रिया गरिएको थियो । १६ दिनको अस्पताल बसाइ र सफल उपचारपछि साउन ४ गते उनलाई डिस्चार्ज गरिएको अस्पतालका संस्थापक अध्यक्ष डा। पंकजराज नेपालले जानकारी दिए ।

बिरामीको मस्तिष्कको संवेदशनशील भागमा ट्युमर थियो । हामीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्यौँ, डा. नेपालले भने,अहिले बिरामीको अवस्था सुधारोन्मुख छ, थप नियमित फलोअपका लागि परामर्शसहित घर पठाएका छौँ ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा बिरामी अफरोज मियाँले खुसी व्यक्त गर्दै आर्या न्युरो हस्पिटलले आफूलाई दोस्रो जीवनु दिएको बताए । उनले भने, मलाई निको हुन्छ भन्ने ठूलो आस थियो, यहाँका डाक्टर र टिमले मेरो सफल उपचार गरिदिनुभयो । म अस्पताल परिवारप्रति अत्यन्तै कृतज्ञ छु ।

आर्या न्युरो हस्पिटलले न्युरोसर्जरी, मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल रोगहरूको उपचारमा आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालक दिनेश ठाकुरले बताए । ठाकुरका अनुसार समयमै विशेषज्ञ सेवाको पहुँच भएमा मस्तिष्कसँग सम्बन्धित जटिल समस्याहरूको पनि सफल व्यवस्थापन सम्भव छ ।

चिकित्सकहरूका अनुसार मस्तिष्कको यस्तो समस्यामा समयमै उपचार नभए आँखाको दृष्टि गुम्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता गम्भीर समस्याहरू बढ्दै जान्छन् । आर्या न्युरोले पछिल्लो समय कोशी प्रदेशमै जटिल न्युरो समस्याहरूको सफल उपचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर