CLASSICTECH NET

मुसहर बस्तीका बालबालिकासँग गायक पोखरेलले मनाए जन्मदिन

खबर पूर्वाञ्चल, १७ आश्विन २०७६, शुक्रबार १९:१३

विराटनगर / चर्चित गायक सीताराम पोखरेलले विराटनगर–१६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरे ।

आफ्नो जन्मदिनको अवसर पारेर ऋषिदेव बस्तीका बालबालिकाहरुलाई स्टेशनरी सामग्रीसहित विस्कुट, चलकलेट, केकलगायत वितरण गरे । आर्थिक रुपमा विपन्न समुदायका बालबालिकालाई लेखपढ गर्न सहज होस् भन्ने उद्देश्यले स्टेशनरी सामग्री वितरण गरेको गायक पोखरेलले बताए । उनले सोही अवसरमा आफ्नो जन्मदिन बस्तीका बालबालिकासँग केक काटेर मनाएका थिए ।

बस्तीका बालबालिकाका लागि लायन्स क्लब अफ पाथीभराले पढ्नका लागि निर्माण गरिदिएको १ कोठे भवनमा बिजुलीको वाइरिङ समेत पोखरेलले गरिएका छन् । यस्तै गायक पोखरेलको ‘अल्कोहोेलिक लभ’ एल्बम पनि विमोचन गरिएको थियो ।

विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बा, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियनका निवर्तमान अध्यक्ष मीनकुमार नवोदित, ऋषिदेव समाजका ज्येष्ठ नागरिक बालदेव ऋषिदेवलगायतले एल्बमको बिमोचन गरेका थिए । ‘अल्कोहोलिक लभ’ एल्बममा नेपाली पप र आधुनिक ६ वटा गीतहरु रहेका छन् ।

विराटनगर १६ का ऋषिदेव र मुस्लीम बस्तीका ६० घरपरिवारका छोराछोरीलाई शारीरिक रुपमा अपाङ्गता भएका राजु क्षेत्रीले दैनिक रुपमा व्हील चियरमा गएर पढाउँदै आएका छन् । यसैगरी कलाकार पारस थापाले पनि डेढ वर्षदेखि निःशुल्क रुपमा दैनिक २ घन्टा पढाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५