खबर पूर्वाञ्चल
नेपाल टेलिकमको तीव्र गतिमा सञ्चालन हुने फोरजीबाट उपभोक्तालाई राहत मिलेको मुख्यमन्त्री राईले बताए । उनले आफू सूचना तथा सञ्चार प्रविधि मन्त्री भएकै समयमा फोरजी सेवा सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै नेपाललाई डिजिटल प्रविधिमा लैजान यो सेवाले मद्दत गर्ने बताए ।
यो सेवा सञ्चालन गर्दा आम उपभोक्तामा सेवा प्रवाहमा कुनै समस्या हुन नदिन टेलिकमले संवेदनशील हुनु पर्ने चर्चा गर्दै मुख्यमन्त्री राईले डिजिटल प्रविधिको प्रयोगबाट प्रदेश १ का सबै शिक्षा, स्वास्थ्य र कृषि जस्ता सरकारी निकायका प्रमुखहरुलाई जवाफदेही तथा उत्तरदायी बनाउन सहयोग पुग्ने बताए ।
नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक रामप्रसाद शर्मा र प्रबन्धक राजेन्द्र महर्जनले आम उपभोक्ताको मागलाई यो सेवाले उत्साहित बनाएको बताए ।
पूर्व क्षेत्रमा नेपाल टेलिकमका उपभोक्ता करिव १४ लाख रहेको र यसकालागि टेलिकमले १३७ नयाँ सहित ८५३ स्थानमा टावर जडान गरेको छ । विगतमा तेस्रो पुस्ताका भनिएका थ्रीजीको रफतार ३० एमवीपीएस थियो भने अहिले फोर जीको रफतार २५० एमवीपीएस रहने इन्जिनियर सुजित मल्लले जानकारी दिए ।