CLASSICTECH NET

भेट्रान कप फूटसलको उपाधि धरानलाई

खबर पूर्वाञ्चल, १३ आश्विन २०७६, सोमबार १९:५५

सुनसरी / इटहरीमा सम्पन्न पूर्वाञ्चल स्तरिय भेट्रान कप फूटसल प्रतियोगिताको उपाधि धरान फूटसल क्लबले जितेको छ ।

आज सम्पन्न फाइनलमा धरानकै बारबारसप फूटसल क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै धरान फूटसलले उपाधिसंगै नगद ४० हजार रुपैया र ट्रफी पाएको छ । उपविजेता बारबारसप फूटसलले नगद २० हजारमा चित्त बुझाएको छ ।

धरान फूटसलका लागि सर्वाधिक गोलकर्ता घोषित भएका राजकुमार राइले ४ गोल गरे । उनले प्रतियोगितामा जम्मा ८ गोल गरेका थिए । यस्तै नर्सिङ राई र करण राइले १–१ गोल गरे । बारबारसपका तर्फबाट एक मात्र गोल सुमन श्रेष्ठले गरे ।

एन्फा एकेडेमी धरानका प्रशिक्षक समेत रहेका श्रेष्ठले प्रतियोगिताभर ६ गोल गरेपनि उपाधि जिताउन सकेनन । यसअघि आजै सम्पन्न क्वाटरफाइनल खेलमा धरानले बिराटचौक भेट्रान तथा सेमिफाइनलमा आयोजक द योङ ब्रदर्श क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । उपविजेता बनेको बारबारसपले क्वाटरफाइनलमा हाम्रो इटहरी भेट्रान क्लब र सेमिफाइनलमा डिएफसी धरानलाई पराजित गरेको थियो ।

प्रत्येक बर्ष बडा दशैको अवसरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई एन्फा सुनसरी अध्यक्ष केशव कार्की, आयोजकका अध्यक्ष विकास केसी, उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, महासचिव पिताम्बर पोखरेल, बिष्णुनारायण डांगीले पुरस्कार बितरण गरे ।
प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १२ वटा टिमको सहभागीता रहेको थियो । प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाइ मध्यनजर गर्दै यसबर्ष भेटानकप फूटसल गरिएको क्लबका अध्यक्ष केसीले बताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५