AArya
RUMPUM
animated ellipse animated ellipse

जेबि टुहुरेको प्रगतिशिल गीतले सभागृह गुन्जयमान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७६, शनिबार २१:१४
3
Shares

विराटनगर / शिरमा भदगाउँले टोपी । टिपिकल सट पेन्ट र सट माथि स्टकोटमा सजिए जब विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा आज साँझ जनगायक जेबि टुहुरे मञ्चमा उपस्थीति भए सबैले ताली बजार स्वागत गरे ।

जेबी फाउण्डेसनले आयोजना गरेको जेबि टुहुरेको एकल साँगीतिक साझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनगायक टुहुरेलाई फुलको गुच्छा र सादा लगाएर सम्मान गरेपछि आफ्नो प्रस्तुती आरम्भ गरे ।

‘आमा तिम्रो माया कन्चन पानी जस्तो…..’ बोलको प्रगतिशल गीतबाट आफ्नो प्रस्तुती प्रराम्भ गर्नुभएको गायक टुहुरेले दोस्रो गीत छोराहरू हो, छोरीहरू हो, विर छोराछोरीहरू… बोलको गीत प्रस्तुत गरिरहदा हलभरी सहभागि भएको भिडले भीडले ताली बजाएर स्वागत गरे । ७६ वर्षको उमेर पुग्दा पनि युवा जोस जागर जस्तै गरि उर्जा निकालेर आफनो प्रस्तुती दिदै अगाडी बढेका गायक टुहुरेले तेस्रो ‘दुःखको बोज बिसाउन चौतारी बनाउ है… बोलको गीत प्रस्तुत गरि सहभागि सबैको ध्यान मन्चतर्फ केन्द्रीत गराए ।

पञ्चयात कालदेखि जनता जोगाउने गीत गाउँदै अगि बढेकका गायक टुहुरे एकल साँझमा चौथो गीत प्रस्तुत दिदै गर्दा २६ वर्षको उमेरमा गाएको गीत सुनाउन भ्याउए । उनले ‘बसाइ हिड्नेको तातीले बस्नेको मन दुखेको छ… बोलको गीत प्रस्तुत गरि रहदा सहभागिहरू मन्त्रमग्न भइ गायक टुहुरेले गाएको लयसंगसँगै तालि बजाएर साथ दिएका थिए । गायक टुहुरेले एकल साझमा कोशीको पानी सलल, बिजुली बक्ति झलल.., पानी चल्दैन रे रगत चल्दछ… बरु मेरो छाती छेड.. गीत प्रस्तुत दिएपछि नृत्य गर्ने गीत प्रस्तुत गरे । नेपाली चेलीहरू विदेशमा बेचिएको घटनामा आधरित गीत … विदेशीमा मैले एउटा चेली भेट भयो… बोलको गीतमा धरानबाट सहभागि भएका कलाकाहरूले नृत्य प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गरे । झण्डै २ घण्टासम्म लगातार प्रस्तुती दिनुभएका गायक टुहुरले दमदार प्रस्तुति रह्यो ।

गायक टुहुरेले एक दर्जन बढी जनवादी र प्रगतिशिल गीतहरू प्रस्तुत गरि सहभागि भएका मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, उपप्रुमख इन्दिरा कार्कीदेखि, सभासद, नेता,उद्योगी, व्याापरी र सर्वसाधरणहरूले भरपुर मनोरञ्जन लिए । केही दिनयतादेखि लगातार परेको मनसुनको कुनै प्रभाव नगरि गायक टुटुरको साँगीतिक प्रस्तुती प्रत्यक्ष रूपमा सुन्न ठूलो संख्यामा सभा गृहमा दर्शकको उपस्थीति थियो । पञ्चयात कालदेखि गीत संगीतको माध्यमबाट जनतालाई जोगाउँदै आफु जन्मे हुर्केको ठाउँमा एकल सांगीतिक प्रस्तुती दिन पाउँदा निक्कै रमाइलो भएको अनुभूती सुनाए। जनगायक जेबी टुहुरेको योगदान र चेतनामुलक गीत संगीतबारे बुझाउन एकल साँझ आयोजना गरिएको जेबी टुहुरे फाउण्डेसनका सचिब वीरेन्द्र बस्नेतले जानकारी दिए ।

गायक टुहुरेलाई एकल साँगीतिक साँझमा गायिका मधु गुरूङ्ग, गंगा राई, गायक आकाश थापा, संजिव धिमालले साथ दिएका थिए । त्यस्तै संगीत संयोजकमा मनोहर सनाम, सारङगी बादकमा भरत नेपाली, ब्याण्डमा बलराम समाल, तमला बाधकमा भरत बुढाथोकी, किबोर्डमा राहुल भुजेल, मादलमा पोषण घर्तीमगर र ढोकलमा रामसुशलिम मगरले साथ दिए ।

हाल सम्म जनगायक जेबी टुहुरेले करिब १ सय ५० प्रगतीशिल गीतहरु गाइसकेका छन् । टुहुरेले आधा दर्जन बढी चेतनामुलक गीतीहरू समावेश गरिएको एल्बम पनि निकालेका छन् । गायक टुहुरेले आफनो हजुरवा उमेरमा पनि देशका सातवटै प्रदेशमा एकल साँझ गर्ने मध्ये लिएर प्रदेश १ मा कार्यक्रम आयोजना गरिएको फाउन्डेसका सचिब बस्नेतले जानकारी दिए । तात्कालिन संबिधान सभा सदस्य तथा अन्तराष्टिय श्रम सम्बन्ध समितिको सभापति समेत जनगायक टुहुेरे भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर