खबर पूर्वाञ्चल
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थबहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लालबहादुर कार्की र ३९ बर्षीय विरबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।