RUMPUM
animated ellipse animated ellipse

ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिप हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७६, बिहीबार १७:०८
9
Shares

काठमान्डौं / नेपालमा नौलो खेलको सुरुवातको रुपमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ ।

ग्यालेक्सि स्कूलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरि ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरि एकल तथा युगल एवं मिश्रित जोडी गरि पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।

अमेरिकाबाट सुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भईसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमितकुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आई सकेका छन् । नेपालमा यस खेलको विकास र विस्तार गर्ने उदेश्यले सन् २०२० मा एक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको महासचिव राणाले बताए ।

यसका साथै भारतिय खेलाडीहरु आज आज नेपाल आईपुग्ने नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए । नेपालले यस अघि देहरादुनमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाई सकेको छ ।
ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रीत रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरि खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाईने छ ।

सवै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चाईना, जापान, कोरिया, थाईल्याण्ड, सिंगापुर, भारतलगायत १८ देशमा निकैनै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सवै उमेर समूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटैनै लोकप्रियता हासिल गर्नेमा आफु बिश्वस्त रहेको महासचिव राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर