AArya
RUMPUM
animated ellipse animated ellipse

अधिकारीको ‘भुटुन’ लघुकथासंग्रहमाथि विमर्श

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७६, आईतवार २०:१५
3
Shares

विराटनगर / कथाकार देवा अधिकारीको हालै प्रकाशित भुटुन लघुकथा संग्रहमाथि आइतबार विराटनगरमा विमर्श गरिएको छ ।

कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा अधिकारीको भुटुन लघुकथाका विषयमा विभिन्न वक्ताहरूले विमर्श गर्नुभएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको भुटुन लघुकथा संग्रहले समाजका विकृतिहरूलाई उदाङ्गो बनाएको प्राज्ञ विवश पोखरेलले बताए । उनले वर्तमान नेपाली समाज बुझ्न अधिकारीको लघुकथा पढ्नुपर्नेमा जोड दिए । त्यस्तै वरिष्ठ समालोचक दधिराज सुवेदीले संग्रहका सबै कथाहरू फरक–फरक स्वादको भएको टिप्पणी गरे ।

अग्रज साहित्यकार रमाप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राध्यापक गंगाधर कट्टेल, लोचन रिजाल, शुभलक्ष्मी लम्साल, आयोजक संस्थाकी अध्यक्ष राधिका गुरागाईं, कवि गोकुल अधिकारीलगायतले भुटुन लघुकथा संग्रहका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

समारोहमा साहित्यकार मुनाल पोखरेल, दिङ्लाली कान्छो, लक्ष्मी पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’लगायतले कथाकारलाई संग्रहका कथाका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा उठ्नेका जिज्ञासा मेट्दै कथाकार अधिकारीले लेखकीय मन्तव्य व्यक्त गरिन् । उनले पाठकबाट पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भउको प्रतिक्रिया दिइन् । संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखिएका ५० वटा कथा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर