RUMPUM
animated ellipse animated ellipse

बसभित्रै किशोरीमाथि जवरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०७६, बुधबार २०:४७
3
Shares
विराटनगर / मोरङमा सार्वजनिक बसभित्रै एक किशोरीमाथि जवरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनकुटा घर भई आफन्तको घरमा बस्दै आएकी एक १५ वर्षीय किशोरीको गत आइतबार साँझ बसभित्रै बलात्कारको प्रयास भएको हो । बलात्कार प्रयास गर्नेहरूमा मोरङ रंगेली–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेको मोरङ प्रहरीले जनाएको छ । खड्का र न्यौपाने ना ६ ख ९३४४ नम्बरको सुनकोशी सुपर बसका चालक र सहचालक हुन् ।

मोरङको वेतना सिमसार घुमफिर गरी बसमा चढेर बालिका दमक हिंडेकी थिइन् । दमकमा ओर्लन नदिई बालिकालाई सोही बसमा पथरीशनिश्चरे हुँदै मोरङको रंगेली–९ स्थित दोहमना हाटचौकमा ल्याएर साँझ साढे ६ बजे बसभित्रै दुवै जनाले बलात्कारको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार बस चालक किरण खड्काले बालिकालाई हात समाई बसको भित्र सबैभन्दा पछाडि रहेको सिटमा जबरजस्ती करणी गर्न खोज्दा पीडित बालिका चिच्याएर भाग्न खोजेकी थिएन् । ढोकाबाट निस्कन खोजेकी बालिकालाई बसको ढोकामा बसेका बसका सह–चालक न्यौपानेले पुनः हात समाई बसभित्र तानेर लगेका थिए । त्यसपछि बालिकाले गुहार माग्दै होहल्ला गरेकी थिइन्। त्यसपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई तत्कालै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर