पूर्वाञ्चल खबर
विराटनगर / जनताका बलवाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नु पर्ने नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् ।
आज विराटनगर विमानस्थलमासञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति गच्छदारले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए । नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो वनाउनका लागि हो उपसभापति गच्छदारले भने ।
सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहना अनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव उपसभापति गच्छदारले दिए । कोशी पीडितहरुका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ वहुमतका भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उपसभापति गच्छदारले जोड दिए ।