RUMPUM
animated ellipse animated ellipse

भारतबाट अवैध कुखुरा ल्याउने ८ भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार २०:५०
3
Shares

विराटनगर /भारतबाट अवैध रुपमा मरेको र जिउँदो ब्रोइलर कुखुरा विराटनगरतर्फ ल्याउँदै गरेको कुखुरा सहित ८ जनालाई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १५ स्थित हुलास मेटल छेउमा प्रहरीको टोलीले भारतबाट अवैध रुपमा विराटनगर ल्याउदै गरेको अन्दाजी १ सय ४४ वटा बोईलर कुखुरा सहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि पशु क्वारान्टाईन चेक पोष्ट विराटनगरलाई बुझाएको छ ।

नियन्त्रणमा लिईएको कुखुराहरू मध्ये १ सय २ वटा कुखुरा मृत अवस्थाको फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला विहार स्लामपुर भारत बस्ने बर्ष २१ को मो. सेनदेन, बर्ष २२ को आजाद अली,बर्ष २२ को आजात अली, बर्ष २२ को मो. अजबुल, बर्ष १७ को मो. ईरफान, बर्ष १८ को मप. मुस्तक, बर्ष १८ को मग. डी मनु र बर्ष १८ को मो. मजेबुल रहेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डिएस्पी घनश्याम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर