AArya
RUMPUM
animated ellipse animated ellipse

रेमिट सहकारी र विराट मेडिकलबीच सम्झौता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७६, बिहीबार २०:४०
9
Shares

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ झोराहाटमा अवस्थित रेमिट वचत तथ ऋण सहकारी संस्था र विराट मेडिकल कलेज तथा नर्सिङ होमबीच स्वास्थ्य सम्झौता भएको छ ।

आज संस्थाकी अध्यक्ष उमा घिमिरे र विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रशासन प्रमुख पदम विनाडीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सहकारी संस्थाका शेयर सदस्य, परिवार र कर्मचारी उपचार गर्न जाँदा १५ प्रतिशतसम्म शुल्कमा छुटको व्यवस्था हुनेछ ।

ग्रामथानमा रहेको सहकारी संस्थाका हाल करिब एक हजार सदस्य रहेका छन् । सहकारीले गरेको यो सम्झौताबाट ग्रामीण क्षेत्रका सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन सहज पँहुच हुने अध्यक्ष घिमिरेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर