पूर्वाञ्चल खबर
काठमाडौं /भदौ २० देखि २७ गतेसम्म कीर्गिस्तानमा हुने नदेजहदा कप खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज महिला टिमलाई विदाई गरेको हो । प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् ।
नेपालले नदेजहदा कपलाई १३ औँ सागको पूर्वतयारीको रूपमा लिएको छ । नेपाली टोली बिहीबार किर्गिस्तानतर्फ प्रस्थान गर्दैछ । निरु थापाको नेतृत्वमा १८ सदस्यीय नेपाली टोली कीर्गिस्तानमा प्रस्थान गर्ने छन् । नेपाली टोलीमा गोलरक्षकमा एन्जिला तुम्बापो सुव्बा, अञ्जना राना मगर डिफेन्डरमा पुनम जर्घा मगर, हिराकुमारी भुजेल, अमृता जौशी, गीता राना, कविता धिमाल मिडफिल्डरमा दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, विमला चौधरी र इन्दिरा राई फरवार्डमा कप्तान थापासहित रेखा पौडेल, अनिता केसी र सावित्रा भण्डारी मुख्य प्रशिक्षकमा हरि खड्का सहायक प्रशिक्षकमा अरुणा गुरुङ गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास फिजियोथेरापीस्टमा नविना श्रेष्ठ टिम डाक्टरमा डंगोल महर्जन व्यवस्थापकमा पेमा लामा रहेका छन् ।