पूर्वाञ्चल खबर
काठमाण्डौं / काठमाण्डौंमा सोमबार राति खुकुरी प्रहार गरि एक युवाको हत्या गरिएको छ । सीतापाइलाको मूल सडकमा नागार्जुन नगरपालिका– ५ का आकाश बस्नेतलाई खुकुरी प्रहार गरि हत्या गरिएको काठमाडौं प्रहरी जनाएको छ ।
सडकमा हिँडिरहेका बस्नेतलाई चारजना युवाले खुकुरीले आक्रमण गरि हत्या गरेको महानगर प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । घाइते बस्नेतलाई तत्कालै मनमोहन अस्पताल पु¥याइएको थियो । अस्पतालका अनुसार बस्नेतको निधन भइसकेको जनाएको थियो। हत्याको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको छ ।