पूर्वाञ्चल खबर
विराटनगर / मोरङ सुन्दरहरैचा नगरपालिका – ५ स्थित नमुना सामुदायिक बनभित्र वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक आज फेला परेको छ ।
प्रहरी चौकी गछियाबाट प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोलीले उक्त सामुदायिक वनभित्र बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारेको हो ।
सामुदायिक वन भित्र रहेको करमको रूखको फेदमा लोड अवस्थामा रहेको ३ थान भरूवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँजुले जानकारी दिए । स्थानियले बन्दुक रहेको प्रहरीलाई जानकारी दिएपछि प्रहरी टोली परिचालन गरि बरामद गरेको हो ।