AArya
RUMPUM
animated ellipse animated ellipse

करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिक प्रक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७६, आईतवार २०:०८
3
Shares

काठमाण्डैं/ नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

हिजो दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो । उनीहरु पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले आज पाँचै जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर