CLASSICTECH NET

सुविधायुक्त आँखा परीक्षण भ्यान सञ्चालनमा

खबर पूर्वाञ्चल, १५ भाद्र २०७६, आईतवार १८:०३

विराटनगर / नगरका सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन आजदेखि सुविधायुक्त ‘ भिजन भ्यान ’ गाडी भित्र नै आँखा उपचार केन्द्र विराटनगर आँखा अस्पतालले सञ्चालनमा ल्याएको छ ।

विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको सेवा प्रति हर्ष प्रकट गरे । उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मोतियाविन्दु रहित अभियान सञ्चालन गरी निशुल्करुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिए ।

अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत ३२ लाख ७२ र नेपाल नेत्र ज्योति संघ मोरङको १० लाख गरी ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका विद्यार्थीहरुको सम्पूर्ण आँखा परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

उक्त भ्यानमा (बस )मा दृष्टि परीक्षण उपकरण, स्लीट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्च चश्मा तयार गर्ने व्यवस्था गरिएको छ ।

बाताकुलिनित भ्यानको अगाडि पट्टी टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामाग्री समेत प्रर्दशन गरिने भएको छ । विद्यार्थीहरुको परीक्षण पश्चात शुल्य चिकित्सा गर्नु पर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ ।

भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै चश्मा वितरण गरिने लक्ष्य लिएको छ ।

पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधिर ठाकुरले विगत ३६ वर्षको अवधिमा लाहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिए ।

अरविश इन्टरनेशल वेलायतका डेविट ब्रुस फ्रुस्टेन स्थलगत रुपमा विद्यालयमा विद्यार्थीहरुको दृष्टिदोष परीक्षण भ्यानको सुविधायुक्तले प्रभावकारी कार्य हुने विश्वास व्यक्त गरे ।

विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामुकमार पोखरेल, सदस्य पद्मनारायण चौधरी र इन्टरनेशलका भारत निर्देशक ऋषि वोहराले नियमित आँखा परीक्षणले बालबालिमा दृष्टिदोष समस्या समाधानमा सहज हुने बताए ।

विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामूदायिक विद्यालयमा तीन प्रतिशत रहेको छ भने संस्थागततर्फ नौ प्रतिशत रहेको सोही अवसरमा वताइयो । विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । विद्यालयमा अध्ययनरत तीन सय बालवालवालिकाको आँखा आज परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५