AArya
RUMPUM
animated ellipse animated ellipse

लुटपाटमा संलग्न सात भारतीय पक्राउ, आज सार्वजानिक गर्दै प्रहरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७६, बिहीबार ११:२६
3
Shares
विराटनगर / लुटपाटमा र चोरीमा संलग्न सात जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ परेको छ ।

प्रहरीले चोरीमा प्रयोग गरिने भारतीय नम्बरको स्कारपियोसहित सात जनालाई मोरङको पथरीबाट बुधबार पक्राउ गरेको हो । लामो समयदेखि प्रहरीले उनीहरूलाई पिछा गर्दै पथरीबाट पक्राउ गर्न प्रहरील सफल भएको हो । पक्राउ परेकाहरुलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरि सार्वजानिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ ।

पत्रकार सम्मेलन गरि भारतीय नागरिक सार्वजानिक गर्ने भएकोले प्रहरीले चोरीमा संलग्न व्यक्तिको नाम गोप्य राखेको छ । केही समय अगाडी विराटनगरमा रहेको पसलहरूको सटर फोरी चोरी भएको थियो । महानगरको मेनरोडमा रहेको दुई पसल फोडेर नगद चोरिएको थियो । विराटनगर महानगरपालिकाको कार्यालय उत्तर र दक्षिणस्थित शनिहाट चोकमा रहेका दुईवटा पसलमा सटरलाई बङ्ग्याएर भित्र छिरेर चोरी भएको पाइएको थियो । त्यस्तै केही दिनअघि महेन्द्र चोकमै मोबाइल पसलको सटर फोडेर लुटिएको थियो ।

प्रहरीले बुधबार पक्राउ गरिएको पनि महानगरको विभिन्न पसलहरुमा चोरीमा संलग्न भएको आशंका गरिएको छ । उनीहरूको साथबाट प्रहरीले चोरीमा संलग्न प्रयोग गरिने उपकरणहरु पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर