AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अपाङ्गतामैत्री आइसोलेशन बनाउन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ कार्तिक २०७७, सोमबार २१:५४
198
Shares
विराटनगर / राष्ट्रिय अपाङ महासंघ प्रदेश  १ ले कोरोना संक्रमितलाई राखेर उपचार गरिने कोभिड अस्पतालको आइसोलेशनहरू अपाङ्गता मैत्री बनाउनुपर्ने माग राखेका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण अपाङ्गता भएका व्यक्तिहरू पनि संक्रमित हुन थालेकोले राज्यले बनाउने आइसोलेनहरू अपाङ्गता मैत्री बन्नुपर्ने माग राखेका हुन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत बिमल बस्नेतले प्रदेश र स्थानिय तहहरूले बनाएको कुनै पनि आइसोलेशन र क्वारेन्टिनहरू अपाङ्गगता मैत्री नभएको बताए । ‘कोरोना संक्रमित भएका अपाङ्गता भएका व्यक्तिहरूलाई अहिले आइसोलनमा जानुपर्ने अवस्था आयो भने समस्या हुने गरेको छ,’ उनले भने, ‘प्रदेश र स्थानिय तहले बनाएको कुनै पनि आइसोलेशन र क्वारेन्टिनहरू अपाङ्गता मैत्री छैन ।’ उनले आउँदा दिन बनाउने आइसोलेशनहरू अपाङ्गता मैत्री हुनुपर्ने उनको भनाई छ । अहिले प्रदेश १ मा ११ जना अपाङगता भएका व्यक्तिहरूलाई संक्रमण पुष्टि भएको महासंघको सम्र्पकमा आएको उनले बताए । जसमध्ये तीन जना आइसोलनमा छन् । बाँकी ८ जना होम आइसोलेशनमा रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ महासंघ प्रदेश १ की अध्यक्ष पार्वती श्रेष्ठले शिक्षा र स्वास्थ्यको क्षत्रमा अपाङ्गता भएका व्यक्तिहरूको पहुच अझैपनि पुग्न नसकेको बताइन् । ‘राज्यले बनाएको संरचनाको कारणले अपाङ्गता भएका व्यक्तहरू सास्ती खेप्नु परेको छ,’ उनले भनिन्, ‘अहिले कोभिडको उपचार गर्ने अस्पतालहरू कुनै पनि अपाङ्गगता मैत्री भएको हामीले देखेको छैन ।’ राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गरेको उनले आरोप लगाइन् ।  प्रदेश १ मा १ लाख भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको राष्ट्रिय अपाङ महासंघ प्रदेशले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर