खबर पूर्वाञ्चल
नाटक भोलीाट तीन दिनसम्म मञ्चन हुनेछ । नदीको कथा बोकेको नाटक कालेबुङ पछि काठमाण्डौंलगायत नेपालका विभिन्न सहरहरूमा मञ्चन भइसकेको छ । आज आरोहण गुरुकुलमा पत्रकार सम्मेलन मार्फत लेखक तथा निर्देशक घिमिरे युवराजले ‘मुक्त रंगमञ्च’अभियान अन्र्तगत यो नाटक तेस्रो रहेको जानकारी दिए ।
उनले भने, ‘यस नाटकमा नदीको कथा व्यथा समेटीएको छ । नदीले आफ्नो कथासँगै ज–जसलाई भेट्छ, उसको पनि कथा भन्छ । नाटक हेरेपछि सबै कुरा प्रष्ट हुन्छ ।’
मुक्त रंग मञ्चअन्र्तगत यो भन्दा पहिला ‘ठूला माछा साना माछा’ र ‘अलि कती उज्यालो’ नामक नाटक विभिन्न सहरमा सफतापूर्वक मञ्चन गरिसकेको उनले बताए ।
सार्वजनिक ठाउँहरूलाई सृजनशील राख्ने र आम मान्छेको सृजनामा पहुँच पुगोस भनेर ‘मुक्त रंगमञ्च’अभियान सुरु गरिएको उनको भनाइ छ ।
यो अभियान अन्र्तगत थिएटरमा मात्रै नभएर खुल्ला ठाउँमा पनि नाटक मञ्चन हुने गरेको उनको भनाइ छ । जसको लागि पहिला नै सेट निर्माण गरेर लिएर गएका हुन्छौँ, उनी भन्छन्, ‘जहाँ नाटक देखाउँछौँ, त्यहाँ केही समयमा नै सेट फिट हुन्छ ।’
घिमिरे युवराज र अमजद प्रवेजको लेखन तथा निर्देशनमा रहेको नाटकमा ९ जना कलाकारको अभिनय रहेको छ ।
नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र वि.सी., ज्योती पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, शुशीला लुहार र ज्याक बरालको अभिनय रहेको छ । यस्तै अनुपति मिल्सिना र स्मारिका फुँयालले प्रत्यक्ष संगीत प्रस्तुत गर्नेछन् ।
तपाईको प्रतिक्रिया