AArya
RUMPUM
animated ellipse animated ellipse

चेतना संरक्षणको कार्यक्रममा चार दर्जन कवि प्रस्तुत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७६, शुक्रबार १९:५५
3
Shares
विराटनगर / चेतना संरक्षण प्रतिष्ठान विराटनगरले शुक्रबार विराटनगरमा गरेको साहित्यिक मासिक कार्यक्रममा चार दर्जनभन्दा बढी कविहरूले सिर्जना प्रस्तुत गरे ।

प्रतिष्ठानको नियमित साहित्यिक कार्यक्रमअन्तर्गत ४० औं शृंखलामा विराटनगरसहित झोराहाट, दुहबी, इटहरीलगायतका स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका हुन् ।

विराटनगरमा कवि लावण्य सापकोटा, मधु पोखरेल, गण्डकीपुत्र, भरत गुरागाईं, तारानाथ पोखरेल, सीमा आभास, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, दीपक शम्चु, सरिता तुलाधर, कविराज पोखरेल, विजय कट्टेल छहरा, राधा भट्टराई, कृष्ण कोइराला चारघरे, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, मीना श्रेष्ठ, भक्ति दाहाल ‘विस्फोट’, ममता श्रेष्ठ, लक्ष्मी पोखरेलले कविता, गीत, गजल, मुक्तकलगायत प्रस्तुत गरे ।

त्यस्तै समारोहमा अच्युतप्रसाद खतिवडा, शिवनारायण पण्डित ‘सिंगल’, वशिष्ठ नेपाल, अजिता प्रधान, ऐश्वर्य चेम्जोङ राई, पूजा बहार, डिलमाया अधिकारी (मञ्जु), रामबाबु दाहाल, प्रतिमा खतिवडा (निरौला), रोमा निरौला, बाबुराम श्रेष्ठ ‘वर्षा’लगायत चार दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । प्रतिष्ठानका कार्यसमिति सदस्य हरिप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, रमाप्रसाद रिजाल, बलराम पोखरेल, ऋतु आसिक, उमेश दाहाललगायतले चेतना संरक्षण प्रतिष्ठानले नियमित साहित्यिक कार्यक्रम गरेर स्रष्टाहरूलाई आफ्ना रचना प्रस्तुत गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताए । उनीहरूले यस्ता कार्यक्रमले नयाँ स्रष्टाहरूलाई प्रोत्साहित गर्ने विचारसमेत व्यक्त गरे । विगत तीन वर्षदेखि प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक मासिक कार्यक्रम गर्ने गर्दै आएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । उनले नयाँ–पुराना स्रष्टाहरूलाई जोड्न कार्यक्रमले पुलको काम गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर