AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मेयरमा नागेशले १६१० र उपमेयरमा शिल्पालाई १३२४ मतान्तरको अग्रता, नमिता कटाइन १ हजार मत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार १९:४०
1.08k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले एमालेका सागरकुमार थापालाई १६१० मतान्तर पछि पारेका छन् ।

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार कोइरालाले ५६९३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले ४०८३ मत ल्याएका छन् । स्वतन्त्र उमेश यादवले १९७४ मत ल्याएका छन भने राप्रपाका पल्हाद साहले १०१५ मत ल्याए ।

उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई १५२४ मतले पछि पारेकी छिन् । कार्कीले ४६८७ मत ल्याउँदा जसपाका यादवले ३३६३ मत ल्याए । यस्तै उपमेयरमै राप्रपाकी बिन्दाकुमारी लुइँटेलले १२२४ मत ल्याइन भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १०७८ मत प्राप्त गरेकी छिन् ।

अहिलेसम्म १८०६४ मत गणना भइसकेको छ । १ लाख ३३ हजार १ सय ४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ६ सय ७८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर