AArya
RUMPUM
animated ellipse animated ellipse

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७६, शुक्रबार १०:५६
3
Shares
विराटनगर / मोरङको विराटनगर महानगरपालिका २ बरगाछी चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज राती साँढे १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ त ४४६७ नम्बरको ट्याक्टरले भित्री बाटोबाट मुख्य सडकमा निस्कदै गरेको स ८ प ४३५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सप्तरी शम्भुनाथका २० बर्षीय त्रिभुवन चौधरी र सोही मोटरसाईकलको पछाडी सवार सप्तरी महुलीका १८ बर्षीय सुनिल चौधरी घाईते भई उपचारको लागि विराट नर्सिङ होम पठाएकोमा सुनिल चौधरीको उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर