पूर्वाञ्चल खबर
आज विराटनगरमा सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पताल रानीद्वारा संयुक्त रुपमा आयोजित ‘ आँखा , कान तथा पुर्नस्थापना : वर्तमान स्थिति र भविष्यका रणनीति ’ सम्वन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बएका हुन् । मन्त्री घिमिरेले गुणस्तरीय सेवाका कारण छिमेकी तीन राष्ट्रका जनता उपचार गर्न आउने गरेमा अस्पतालको प्रशंसा गर्दै ग्रामीण तथा पहाडीका क्षेत्रका जनताका लागि सेवा विस्तर गर्नु पर्नेमा जोड दिए ।
संघका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, सगरमाथा आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी र अस्पतालका प्रा.डा. सजंयकुमार सिंहले अस्पतालमा नेपालका ७६ जिल्ला विरामीहरु उपचारका लागि आउने गरेको जानकारी दिए ।
एक दिने उक्त गोष्ठीमा प्रदेशकाका स्थानीय निकायका प्रमख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति संघका पदाधिकारीहरुको सहभागीता रहेको छ ।