CLASSICTECH NET

दलालको फन्दाबाट यसरी उम्किए बेचिनबाट जोगिएका २ महिलासहित ८ यूवा

खबर पूर्वाञ्चल, ४ श्रावण २०७६, शनिबार १६:२२

विराटनगर /विभिन्न प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२ जना महिला र ८ जना पुरूषलाई आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाने क्रममा मानव बेचबिखनमा संलग्नलाई शुक्रबार इलका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

पक्राउ परेका दलालहरु

यसरी पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने पुड्का उराँव, फुलकुमारी उराँव र सुनसरीका हरिनगरा घुस्किहाटका अफिज अन्सारीलाइ प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउंजुले जानकारी दिए । पक्राउ पर्ने फुड्का र फूलकुमारी श्रीमान, श्रीमती हुन् भने अन्सारी भारत पु¥याउने एजेन्ट रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले सोही ठाउँका यूवा यूुवतीहरूलाई प्रोभलनमा पारी भारत पु¥याउने गरेको प्ररम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी खिउंजुले बताए । उनका अनुसार बेचबिखन हुनबाट जोगिएका १० जनालाई उद्धार गरी आफन्तलाई बुझाईएको जानकारी दिए । उद्धार गरिएको १३ देखि ३५ वर्ष उमेर समूहका यूवा, यूवती रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालई प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इनिस्पेक्टर रामकुमार तिम्सिनाले जानकारी दिए ।

प्रहरीले यसरी गरो उद्धार
उराँव दम्पतीले भारतको विभिन्न स्थानमा रोजगारको लागि गाउँका यूवालाई पठाउँदै आएका थिए । उनीहरूले सोही ठाउँका २ जना महिला र ८ जना पुरूषलाई भारतमा गए राम्रो जागिर भन्दै लामो समयदेखि प्रलोभनमा पार्दै आएका थिए ।उनीहरू उराँव दम्पतीको कुरामा विश्वत भए ।

रोजगार वापत मासिक तलब भारु १७ हजार र जति काम गरो उति नै ओभरटाइम हुने भएपछि उनीहरू पनि दंग परे । उराँव दम्पतीको प्रलोभनमा परि उनीहरू भारत जान तयार भए । उनीहरू बिहीबार रोजगारको लागि भारत जाने तयारीको साथ उराँव दम्पती भएको ठाउँमा आए ।

उर्लाबारीमा भेला भए । त्यहाँबाट उराँव दम्पतीले ईनरुवा पु¥याए । त्याँहा लिन कोही नआएपछी विराटनगर लगेका थिए । विराटनगरमा पनि कोही लिन आएनन् । बाटोमा कसैले सोधे भने बजार हिडेको भन्नु कोही संग सम्पर्क नगर्नु भनि उराँव दम्पतीले सिकाए । त्यसपछि सोही दिन सुनसरी हरिनगरा घुस्किहाट स्थित अफिज अन्सारीको घरमा साँझ परेपछी भारतको जोगबनीबाट रेल चढेर जानुपर्छ भनि दलासँगको कुराकानी पीडितहरूले जानकारी पाए ।

उराँव दम्पतीले अफिजसँग त्यहां पुर्याए बापत मोटो कमिसन रकम लिएर फर्कन लागेको जानकारी उनीहरूले चाल पाए । आफुहरू बेचिन लागेको जानकारी पाएपछि उनीहरूले आफन्तलाई खबर गरे । आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

तत्काल मोरङ प्रहरी र स्थानिय प्रहरी समेत परिचालन गरी उराँव दम्पती र अन्सारीलाई इप्रका उर्लाबारीको टोलीले सुनसरीबाट नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५