AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को ५८ प्रतिशत बजेट खर्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार ०७:५६
3
Shares
विराटनगर /प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ५८ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु र पुँजीगत दुबैतर्फ करिव समान बजेट खर्च भएको समाचार आजको जनविद्रोह दैनिकमा यो समाचार छापएिको छ।

प्रदेश सरकारले ६० प्रतिशत बजेट खर्च हुने प्रक्षेपण गरेको थियो। सरकारको अनुमान अनुसार नै कुल पूँजीगत बजेटमध्ये ५८।५१ प्रतिशत खर्च भएको छ भने चालुतर्फ ५७।७४ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा नियन्त्रक तथा सूचना अधिकारी अन्तिमकुमार आचार्यले जानकारी दिए। सरकारले चालुतर्फ ९ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६१४ रुपैयाँ खर्च गरेको छ।

पूँजीगततर्फ भने ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार ३९७ रुपैयाँ खर्च भएको आचार्यले जानकारी दिए। प्रदेश सरकारले खर्च गर्ने क्षमता विकास नगरेको भनेर आलोचना भएपनि आर्थिक वर्षको अन्तिमसम्म आइपुग्द पूर्वाधारतर्फ पर्याप्त बजेट खर्च भएको देखिएको छ। प्रदेशका संरचनाहरूको स्थापना ढिलो भएको तथा कार्यालय र कर्मचारीहरू ढिलो गरी मात्र हस्तान्तरण र समायोजन हुँदा सबै बजेट खर्च हुन नसकेको बताइएको छ।

जेठ अन्तिमसम्म करिब ३५ प्रतिशत पुँजीगत खर्च गरेको प्रदेश सरकारले असार महिनामा मात्र करिव २३ प्रतिशत पुँजीगत खर्च गरेको देखिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्षको अन्तिमसम्ममा ६० प्रतिशत पुँजीगत खर्च हुने दावी गर्दै बजेट खर्च गर्ने क्षमतामाथि प्रश्न उठाउन नपर्ने बताउँदै आएका थिए। प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका सदस्यहरूले पटक(पटक सरकारसँग बजेट खर्च गर्ने क्षमता नभएको भन्दै सरकारको आलोचना गरेका थिए।

मन्त्री आङबोले भने चालु आर्थिक वर्षमा प्रदेशको ९५ प्रतिशत भन्दा बढी बजेट खर्च हुने र त्यसको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको बताए। प्रदेश सरकारका मन्त्रालयगत खर्च विवरण भने केही दिन पछि मात्र प्राप्त हुने बताइएको छ। प्रदेशले प्राप्त गरेको राजश्वका सबै विवरण आइनसकेका कारण आम्दानी यकिन गर्न पनि केही दिन लाग्ने प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर