पूर्वाञ्चल खबर
विराटनगर/ मोरङको सुन्दरहरैचानगरपालिका १ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन् ।
आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने ३६ वर्षियनिरबहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाललाई शरिरको विभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निरबहादुरलाई तत्काल पक्राउ गर्नुकासाथै गम्भिर घाइते भएकी सलिनालाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।