CLASSICTECH NET

पत्रकार महासंघ मोरङलाई प्रेस युनियनको ध्यानकर्षण

खबर पूर्वाञ्चल, २४ असार २०७६, मंगलवार १९:३३

विराटनगर / विराटनगर महानगरले प्रदान गरेको पुरस्कार पछि पत्रकार महासंघ मोरङले जारी गरेको प्रेस विज्ञप्तिसंगै उत्पन्न समस्या समाधानका विषयमा पत्रकार महासंघ मोरङले बेवास्ता गरेको भन्दै प्रेस युनियन मोरङले ध्यानाकर्षण गराएको छ ।

प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेलद्धारा आज जारी गरेको प्रेस विज्ञप्तिमा महासंघद्धारा जारी विज्ञप्ति र त्यसमा प्रयोग भएका शब्दहरुका विषयमा आपत्ती जनाएको छ । पटक –पटक महासंघसंग भएको छलफलमा विज्ञप्तिमा भएका कमजोरी सच्याउने प्रतिवद्धता गरिएपनि हालसम्म कार्यान्वयनमा नआएको भन्दै युनियनले आपत्ती जनाएको छ ।

पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दले पुरस्कृत श्रमजीवी पत्रकारहरुकै मानमर्दन भएको साथै आफ्नै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मानित हुँदा महासंघले निरुत्साहित गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघले जारी गरेको बिज्ञप्तिमा प्रयोग गरिएका शब्दहरु भद्धा नाटक ,गौरबशाली ,संस्थाको तेजोवध गर्ने षड्यन्त्र,गैरपत्रकार र केही व्यक्ति तथा झुण्डको इसारा जस्ता शव्द प्रयोग गरिएको भन्दै प्रेस युनियनले आपत्ती जनाएको छ । जारी बिज्ञप्तिमा महासंघका सभापतिले पुरस्कृत ब्यक्तिलाई बधाइ दिनु र केही समय नवित्दै पत्रकार महासंघले श्रमजीवी पत्रकारका विरुद्ध विज्ञप्ति जारी गर्नु विरोध भाषा भएको उल्लेख छ । यस्तै पत्रकार महासंघ पछिल्लो समय एकलौटी ढंगले सञ्चालन गर्ने मनसायका साथ प्रतुत भएको भन्दै युनियनले आपत्ती जनाएको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५