RUMPUM
animated ellipse animated ellipse

रोहितको किर्तीमान सतकमा भारतको सहज जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७६, आईतवार ०६:२५
3
Shares

विराटनगर / भारतले इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकप क्रिकेटमा शनिबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले सहज जित हात पारेको छ । जारी विश्वकपमा सातौँ जित निकाल्ने अंक तालीकाको शिर्ष सथनमा रहेको छ । भारतले अव सेमिफाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्र्धा गर्ने छ ।

भारतले श्रीलंकालाई विश्वकपमा दोस्रो पटक हराएको हो । भारतले सन् २०११ को विश्ववकपको फाइनलमा पनि श्रीलंकन टोलीमाथि जित हात पार्दै दोस्रो पतक विश्वकपको उपाधि चुमेको थियो । ।

लिड्समा भएको खेलमा श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ दशमलव ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतकालागि रोहित शर्मा र लेकेश राहुलले सतकीय पारी खेले । रोहितले १ सय ३ र र राहुले १ सय ११ रन बनाएर आउट भए । कप्तान विराट कोइली ३४ रनमा अविजित रहे । रोहितको जारीे विश्वकपमा पाँचौँ सतक हो । उनले एकै विश्वकपमा सबैभन्दा धेरै ४ सतक बनाउने श्रीलंकाका कुमार संगकाराको रेकर्ड समेत तोडे। संगकाराले सन् २०१५ मा ४ सतक लगाएका थिए । रोहितले विश्वकमा सचिन तेन्दुलकरको ६ सतकको रेकर्ड समेत बाराबरी गरे सचिन ६ विश्वकप खेल्र्दै ६ सतक प्रहार गरे भने रोहितले २ विश्वकपमा उक्त रेकर्ड बनाए । रोहित जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि भए । उनले ६ सय ४८ बनाए ।यसअघि बंगलादेशका शकिब अल हसनले ८ पारीमा ६ सय ६ रन बनाएका थिए। श्रीलंकाका अन्तिम खेल खेलेका लासिथ मालिङ्गा, रजिीथा र उडानाले १–१ विकेट लिए ।
यस अघि टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । श्रीलंकाकालागि एन्जेलो म्याथुले सतक प्रहार गरे । उनले १ सय १३ रनका पारी खेले । तयस्तै लाहिरु थिरिमानले थिरिमाने ५३ रनमा आउट भए धनन्जय डी सिल्भा २९ रनमा अविजित रहे । भारतका जसप्रित बुमराहले ३ विकेट लिँदा रविन्द्र जडेजा, कुलदिप यादव भसवनेश्वर कुमार र हार्दिक पान्डेयाले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर