RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट हुने यूवा वैज्ञानिकलाई मन्त्री जीवन घिमिरेले गरे पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७६, शुक्रबार २१:५७
9
Shares

विराटनगर /यूवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा यूवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी गरेको छ ।

प्रदर्शनीमा प्रदेश १ प्रदेशभरीका युवावैज्ञानिकको ३० वटा अनुसन्धान तथा अन्वेषण प्रदर्शन गरिएको थियो। कृषि, विज्ञान तथा इन्जिनियरिङ गरी तीनै विधाका यूवा वैज्ञानिकहरूले आफ्नो आफ्नो खोज तथा अन्वेषण प्रदर्शनी गरेका थिए । प्रदर्शनमा कृषितर्फ कविन्द्र भट्टराई प्रथम, आसिस फुयाल दोस्रो, अरुण कट्वाल तृतीय, कृष्ण पोखरेलले सान्त्वना पुरस्कार प्राप्त गरे। त्यस्तै विज्ञान विधा तर्फ डा. सुशीलकुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाई तृतीय र रोहितकुमार देव सान्त्वना भएका छन् ।

इन्जिनियरिङतर्फ एलिसा प्रधान, सुमन खनाल र अशोक आङ्दाम्बेको समूह प्रथम, क्षितिज गौतम दोस्रो, शसांक पोखरेल तृतीय र राजेन्द्र लिम्बू सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत हुनेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
पुरस्कार वितरण गर्दै मन्त्री घिमिरेले यूवाहरुमा प्रतिभा, सिर्जना र जोस, जाँगरको खानी हुने भन्दै प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजिवन सहज हुने बताए । मन्त्री घिमिरेले पूर्वीय दर्शन, प्रकृती, संस्कार र संकृतिका कुरामा अझ बढी अनुसन्धान केन्द्रीत गरी जीवन सहज बनाउन बैज्ञानिकहरुको खोज हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर