RUMPUM
animated ellipse animated ellipse

रतुवामाईमा आधारभुत पत्रकारिता तालिम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७६, बुधबार १८:४१
3
Shares

विराटनगर / मोरङको रतुवामाई नगरपालिकामा आजदेखि आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।

नगरपालिकाको सहयोग तथा प्रदेश टाइम मिडिया प्रालीको आयोजनमा भएको तालिममा ३० जनाको सहभागिता रहेको छ । नगारपालिकाको ९ वटै वडाकाा यूवायूवतीहरुलाई समेटेर तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष किशोर विश्वकर्माले वताए ।
तालिमको उद्घाटन गर्दै नगरपालिका मेयर रविन राईले मिडियाको पहुचवाट टाडा रहेको रतुवामाई नगरपालिकामा पत्रकार उत्तपादनमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधीले जानी नजानी आफनो दायित्ववाट अलमलिन सक्ने भएकाले त्यसतर्फ संचारमाध्यमले खवरदारी गर्नु पर्ने बताए । पत्रकारीता पेशा मर्यादित भएकाले त्यसतर्फ ध्यानदिनुपर्ने उनले वताए ।

नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष कुमोद अधिकारीले तालिमवाट प्राप्त ज्ञानलाई सहि रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिए । तीन दिनसम्म संचालन हुने तालिमामा वरिष्ठ पत्रकार यज्ञ सर्माले प्रशिक्षण दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर