RUMPUM
animated ellipse animated ellipse

न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तानको सेमिफाइनल यात्राको आशालाई जिवित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७६, बिहीबार ०७:४१
3
Shares

विराटनगर /इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा पाकिस्तानले अपराजित रहँदै आएको बलियो प्रतिद्वन्द्वी

न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको आशालाई जिवित मात्र राखेन, सन् १९९२ को क्रिकेट विश्वकपका संयोगहरूलाई समेत ताजा गरिदियो ।

न्यूजिल्याण्ड र पाकिस्तान बुधबार आफ्नो सातौं खेल खेल्दै थिए भने सन् १९९२ को विश्वकपमा पनि उनीहरू सातौं खेल नै खेलिरहेका थिए । सो विश्वकपमा पाकिस्तानले पहिलो खेलमा हार बेहोर्दा त्यसपछिका खेलहरूमा क्रमशः जित, नतिजाबिहिन, हार, हार, जित र जितको सिलसिला पछ्याएको थियो भने न्यूजिल्याण्ड अपराजित रहेको थियो ।
त्यतिबेला सातौं खेलमा आएर पाकिस्तानसँग न्युजिल्याण्डले पहिलो पराजय भोग्यो । हिजोको खेलमा पनि सोहि नतिजा आयो । सो विश्वकपमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो भने यस पटक ६ विकेटले पराजित र्गयो । सन् १९९२ को विश्वकपमा पाकिस्तानले जित हासिल गर्दा रमिज राजाले अविजित शतक हानेका थिए भने हिजोको खेलमा बाबर आजमले पनि अविजित शतक बनाए ।

यस्तै दुबै विश्वकप एउटै संरचनामा खेलिएका थिए । सो समय ९ टोलीले सेमिफाइनल यात्राका लागि प्रत्येक टोलीसँग खेल्नुपरेको थियो भने यसपटकको विश्वकपमा सहभागी १० टोली एकअर्कासँग भिडिरहेका छन् ।
न्युजिल्याण्डले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर १ बलमा ४ विकेटको क्षतिमा सो विजय लक्ष्य पार गरेको थियो । पाकिस्तानको जितमा बाबर आजमले लटआउट १ सय १ रन बनाउँदा रुयारीस सोहेलले ६८रन, महमद हसिmजले ३२ रनको योगदान दिए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन र केएस विलियन्सनले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ६ किेट गुमाई २ सय ३७ रनको सामान्य योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको न्युजिल्याण्डका लागि जेम्स निशाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए । निशाम ९७ रनमा अविजित रहे भने ग्रान्डहोमले ६४ रनको योगदान दिए । यी दुईले छैटौ विकेटकालागि १ सय ३२ रनको साझेदारी गर्दै न्युजिल्याण्डको पारी उकासेका थिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिँदा महमद आमिर र सद्धाव खानले १–१ विकेट लिए ।

जारी वर्ल्ड कपमा खेलेका सात खेलमा न्यूजिल्याण्डको यो पहिलो हार हो । पाकिस्तानले सात खेल खेल्दै तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँड्दै ७ अंक बनाएको छ । पाकिस्तानले अब अन्तिम दुई खेल खेल्दैछ । अफगानिस्तानसँग र अन्तिम बंगलादेशलाई पराजित गरे पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर