RUMPUM
animated ellipse animated ellipse

गैर पत्रकारहरुलाई पुरस्कृत गरेको भन्दै महासंघको विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७६, मंगलवार १९:४६
3
Shares

विराटनगर / विराटनगर महानगरपालिकाको चौथो नगरसभाको अवसर पारेर सम्मानित तथा पुरस्कृत केही पत्रकारहरुप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

११ जना पत्रकारहरुसहित केही गैरपत्रकारहरु पनि सम्मानित र पुरस्कृत भएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र सचिव अर्जुन आचार्यले आज एक विज्ञप्ती जारी गरि आज महानगरपालिकले दिईएको पुरस्कार एउटा भद्दा नाटक मात्र भएको उल्लेख गरिएको छ । ‘नेपाल पत्रकार महासंघ जस्तो गौरवशाली संस्थाको तेजोवध गर्ने षड्यन्त्रको रुपमा केही ब्यक्ति वा झुण्डको ईशारामा महानगरपालिकाबाट भएको यो अपारदर्शी कार्यको हामी घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।

नगर सभाको क्रममा विराटनगरका ११ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको सन्दर्भमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा १ नम्बर प्रदेशको राजधानी विराटनगर जस्तो ऐतिहाँसिक महत्वको यदी कुनै नागरिक वा पेशाकर्मी महानगरपालिकाबाट पुरस्कृत वा सम्मानित भईरहन्छ भने उसले के कति कारणबाट आफु सम्मानित भएको हो जान्न पाउने अधिकार हुन्छ भनिएको छ ।
पुरस्कार र सम्मान दिने निश्चित कार्यविधि पनि हुन्छ, के कति कारण र अबस्थाबाट आज हाम्रा केही गैर पत्रकार गरी ११ जना रातारात सम्मान तथा पुरस्कारका हकदार भए ? महासंघको प्रश्न छ ।

निर्णायक तहमा भएकै आधारमा आफु खुशी गोजीको सम्पती झै निगाहा र बक्सिज दिए जस्तो पत्रकार खुशी पार्ने नाममा विराटनगर महानगरपालिकाको तर्फबाट दिईएको पुरस्कारको बारेमा महासंघले भत्र्सना गरेको जनाएको छ ।

यसरी पुरस्कृत हुनेमा निर्मल ढुंगाना, धीरज दाहाल, ब्रम्हदेव यादव, गोपाल पोखरेल, यज्ञराज अधिकारी, सुशीला पाठक, विनोद सुवेदी, सत्यनारायण शर्मा, प्रेम देवान, अनिल श्रेष्ठ, हरि अधिकारीलाई पुरस्कृत गरेको थियो । उनीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर