RUMPUM
animated ellipse animated ellipse

शकिबको अराउण्डर पर्दशनले बंगलादेश विजयी, अफगानिस्तान ६२ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७६, मंगलवार ०६:११
3
Shares

विराटनगर / शकिब अल हसनको सानदार प्रदर्शनमा बंगलादेशले इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै सेमिफाइन पुक्ष्ने आशालाई जिवितै पारेको छ। ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा सोमबारराती भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेश सात अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । यो जितसँगै बंगलादेशले विश्वकप सेमिफाइनलमा पुग्ने आफ्नो लक्ष्यलाई कायमै राखेको हो ।

२६३ रनको मध्यम चुनौती पछ्याउँएको अफगानिस्तानले ४७ ओभरमा सवै विकेटको गुमाई २ सय रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि यस विश्वकपमा पहिलो पटक मौका पाएका समिउल्लाह शिनवारीले अविजित ४९ रन बनाउँदा कप्तान गुल्बादिन नाइबले ४७ रन , राहमत शाहले २४ रन र नजिबउल्लाह जाड्रानले २३ रन बनाए । बंगलादेहका शकिब अल हसनले सनसनीपूर्ण प्रदर्शन गर्दै ५ विकेट लिए । उनले १० ओभर बलिङ गरेका १ ओभर मेडन राख्दै २९ रन दिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रनको मध्यम स्कोर खडा गरेको थियो । बंगलादेशको लागि मुश्फिकर रहिमले ८३ रन, शकिबले ५१ रन, तमिम इकबालले ३६ रन र मोसाद हुसेनले ३५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट र गुल्बादिन नाइबले २ विकेट लिए ।

विश्वकपमा अफगानिस्तानले लगातार सातौं खेलमा हार ब्यहोर्दै बाँकी दुई खेल रहँदासम्म पनि अंक जोड्न असफल भएको छ । अफगानिस्तान यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर