RUMPUM
animated ellipse animated ellipse

समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिवद्ध छ– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७६, मंगलवार २१:१८
3
Shares

विराटनगर / प्रदेश सरकार जनताको न्यायमा पहुंच र समावशी वनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् ।

आज विराटनगर–१ म रहेको बिष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सबाद अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री राईले माक्र्सवादको सिर्जनामात्मक प्रयोगवाट जनतामा आर्थिक समृद्ध कायम गर्नु पर्नेमा जोड दिए ।

यस पाठशालावाट अध्ययनवाट हुर्केकाहरुले वर्तमान सरकारको नेतृत्व सम्हालेको स्मरण गराउदै मुख्यमन्त्री राईले जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गराउने बताए ।

प्रदेश सरकारको निति तथा कार्यक्रम र वजेटको माध्यमवाट विकासको कार्य अघि वढीरहेको चर्चा गर्दै मुख्यमन्त्री राईले समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिवद्ध रहेको बताए ।

मुख्यमन्त्री राईले पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, अध्ययन अनुसन्धान कार्यमा विशेष सहयोग उपलव्ध गराउने वताउँदै पुष्पलाल चौक आसपासमा जेष्ठ नागरिकहरुका लागि चौतारा निर्माण कार्यको आजदेखि पहल गर्ने जानकारी दिए ।

पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, जेष्ठ नागरिक तोया घिमिरे, एनपि आचार्यले केन्द्रको स्थापनावाट माक्र्सवादी पुनर्जागरण र समाजलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर