RUMPUM
animated ellipse animated ellipse

विश्वकपमा बंगलादेशले वेष्ट इण्डिजमाथि शानदार जीत, पहिलो पटक विश्वकपमा वेष्ट इण्डिज बंगलादेशसँग पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७६, मंगलवार ०६:२५
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजमाथि शानदार जीत हात पारेको छ ।

टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा वेष्ट इण्डिजलाई पहिलो पटक पराजित गरेको हो । यस अघि विश्वकपमा यी दुईको ३ भेटको सवै खेलमा वेष्ट इण्डिजले बाजि मारेको थियो । जितसँगै बंगलादेशले ५ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने वेस्ट इण्डिज सातौं स्थानमा रहेको छ । ब

बंगलादेशले विश्वकपमा हालसम्मकै दोश्रो ठूलो लक्ष्य गरेको हो । बंलादेशले पछ्याएको यो लक्ष्य जारी विश्वकपमा हालसम्मकै ठूलो लक्ष्य हो भने विश्वकपको इतिहास भने आयरल्याण्ड सन् २०११ को विश्वकपमा इङ्ल्याण्डले दिएको ३ सय २८ रनको लक्ष्य पछ्याएको थियो । सो म्याचमा आइरल्याण्डका केविन ओब्रायनले ५० बलमा शतक प्रहार गरेका थिए ।

वेस्ट इण्डिजले दिएको ३ सय २२ रनको विशाल लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहदै १ सय २४ रनको शतकीय पारी खेल्दै अविजित रहे । करियरको ९ औं शतक बनाएका सकिवले ९९ बलमा १६ चौका प्रहार गरे । यस्तै विश्वकपको पहिलो खेल खेलेका लिटोन दास ९४ रनमा अविजित रहे । उनले ४ छक्का र ८ चौका प्रहार गरेका थिए । तमिम इकवालले ४८ रन तथा सौम्य सरकारले २९ रन, मुसफिर रहमन १ रनमा आउट भए । वेष्ट इन्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि साई होपले ९६ रन बनाउँदा इभिन लुइसले ७० रन, सिम्रन हिट्मायरले ५० रन, कप्तान जेसन होल्डरले ३३ रन , पुरनले २३ रन ब्राबोले १९ रन बनाए भने क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन् । गेलले १३ बल सामना गरेका थिए । बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३–३ विकेट तथा शाकिब अल हसन २ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज आयोजक इंग्ल्याण्ड र अफगानिस्ताबीच खेल हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर