CLASSICTECH NET

इमोमा चिट्ठामा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७६, बिहीबार १९:१८

विराटनगर / इमोमा २५ लाखको चिट्ठामा परेको भन्दै ठगी गर्ने दुई जनालाई आज मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ का २३ वर्षिय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ का ३६ वर्षिय श्रवण मलहाले इलाम जिल्ला इलाम माई नगरपालिका– ८ का पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिट्ठा परेको छ भन्दै सन्देश पठाई एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाले शेर्पालाई चिठा परेको भन्दै दस्तुर(कर) वापत पटक ÷पटक गरी मरिकको नाममा ४५ हजार र ७५ हजार गरी १ लाख २० हजार विराटनगरको एक वैंकको खातामा रकम पठाएपछी सम्पर्क विहिन भएका थिए ।

पक्राउ परेका मलाहा यस अघि विस २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परि जिल्ला अदालत मोरङवाट २ लाख धरौटीमा छुटेका मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम ठगी सम्वन्धी कसूर अन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि वढाइने मोरङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५