AArya
RUMPUM
animated ellipse animated ellipse

कोपोमिस अभिमुखीकरण तालिम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०७६, बिहीबार १५:५०
3
Shares

पथरी/ मोरङको पथरीशनिश्चरेमा तीन दिने कोपोमिस अभिमुखीकरण तालिम आजदेखि सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समिति मोरङले कोपोमिस अभिमुखीकरण तालिम आयोजना गरेको हो । पथरीशनिश्चरेका सहकारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा ३२ वटा सहकारीहरुले सहभागिता जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता याम गुरागाईले सहकारीले सह्रानीय कार्य गरेको बताए ।

जिल्ला सहकारी संघ लि. मोरङका सदस्य युवराज भट्टराई र जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङका उपाध्यक्ष बिना राईले राष्ट्रिय सहकारी बैंक शाखा उर्लाबारीका प्रवन्धक मुना केसी, सहकारी कर्मचारी संगठन उर्लाबारीका अध्यक्ष चक्र खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभाध्यक्ष सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेका अध्यक्ष गणेशकुमार राईले सबै सहकारीहरुले अनिवार्य रुपमा कोपोमिस अभिमुखीकरण तालिम लिनुपर्ने बताए । । कल्याण बजगाईको प्रशिक्षकमा हुने सो तालिम जेठ ३२ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर