CLASSICTECH NET

मेयरको हर्कत असंवैधानिक र गैरकानूनीः मिसन टोली

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७६, मंगलवार २०:४९

विराटनगर/ नेपाल पत्रकार महासंघ प्रदेश समितिद्वारा इटहरी उप-महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएकोे विषयमा अध्ययन गर्न गठित मिसन टोली आज प्रतिवेदन बुझाएको छ ।

समितिले पत्रकार विराट अनुपम (गौतम)को नाक भाँचिदिने र त्यसका लागि १ करोड खर्च गर्ने भनि दिएको धम्की तथा पत्रकार कृष्ण बहाव र विवश रेग्मीमाथि शारीरिक आक्रमण गर्नेलगायतका चौधरीको व्यवहार गैरकानुनी, असंवैधानिक, अराजक, पदीय मर्यादा विपरित र गम्भीर प्रकृतिको भएको मिसन टोलीको निश्कर्ष छ ।

पत्रकारहरुले महानगरपालिकाको भ्रष्टाचार विरोधी अभियानमा बाधा गरेको भन्ने भनाई भ्रामक र आधारहिन भएको भन्दै पत्रकार अनुपमले नै सिएफएल काण्ड सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा उपमहानगरपालिकाका प्रमुख चौधरी पदीय हैशियत र मर्यादा विपरित अराजकरुपमा प्रस्तुत हुनु गलत भएको पनि उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित छानविन समितिले प्रदेश पत्रकार महासंघका महासचिब विवेक गौतमलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा पत्रकार बिराट अनुपमको फेसबुक स्टाटसमा कमेन्ट लेखेको विषयमा प्रमुख चौधरीलाई फोन गरेर उत्तेजित बनाउनु गलत भएको ठहर गरिएको छ ।

इटहरी घटनामा प्रमुख चौधरी आवद्ध राजनीतिक दल घटनाको विषयमा लामो समय मौन रहेको विषयमा पनि प्रतिवेदन बोलेको छ । विभिन्न.. सञ्चार माध्ययममा पत्रकार विरुद्ध अभिव्यक्ति दिएपनि पछिल्लो समय प्रमुख चौधरीले व्यक्त गरेका भनाई र भएका कमजोरी सच्याउने प्रतिवद्धतासहित विज्ञप्ति प्रकाशित गरेको भन्दै समितिले ६ बुँदे सुझाव पेश गरेको छ ।

छानविन समितिले उपमहानगरपालिकाको प्रमुख चौधरीलाई आगामी दिनमा दण्डहीनतालाई निरुत्साहित गर्ने गरी प्रमुखको गतिविधि निगरानी गर्नुपर्ने र नसच्चिए कानूनी उपचारको बाटो खोज्नु पर्ने सुझाव दिएको छ । समितिले प्रमुख चौधरीलाई पदीय मर्यादा कायम राख्दै पत्रकारहरुले सोध्ने प्रश्नहरुबाट आगामी दिनमा उत्तेजित नहुन र आवेग नियन्त्रण गर्न पनि सुझाएको छ ।

समितिले पत्रकार महासंघलाई पत्रकार आचारसंहिता कार्यान्वयन गर्न र सुद्धिकरणमा ध्यान दिन पनि सुझाव दिएको छ । सँगै पत्रकार महासंघमा समाचारका विषयलाई लिएर आउने गुनासोहरु सुनुवाई गर्न छुट्टै संयन्त्र बनाउन पनि आग्रह गरेको छ । साथै समितिले कानुनको परिपालना गर्न र प्रेस स्वतन्त्रता संरक्षणको सवालमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न सम्वन्धीत राजनीतिक दललाई सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दै महासचिब गौतमले मिसन टोलीले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५